#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व564481935008228862822408455
नेपाल7724613155

नेपाली भू-भाग नमिचेको भारतीय दाबी

भारतले जारी गरेको नयाँ नक्सालाई लिएर नेपालमा चर्को विरोध भएपछि आफ्नो नक्सामा नेपाली भू-भाग परेको भन्ने नेपालको दावी भारतले ठाडै इन्कार गरेको छ ।

भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै छेडखानी नगरिएको दाबी भारतले गरेको छ ।

पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भने,‘हाम्रो नक्सामा भारतको आधिकारिक क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा कुनै हेरफेर गरिएको छैन ।’

तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने रविशकुमारको भनाइ छ । उनले सीमा विवादको विषयमा दुई देशबीचको सम्बन्ध बिगार्ने तत्व सक्रिय भएको हुन सक्नेतर्फ दुवै देश सचेत रहनु पर्ने बताए ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी,लिपुलेक र लिम्पियाधुरालाई भारतीय भू-भागका रूपमा समेटिएको छ । यसलाई लिएर चर्को विरोध भएपछि नेपाल सरकारले एक विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रूपमा जारी गरेको नक्सा स्वीकार्य नहुने जनाएको थियो ।

जम्मु-कश्मीरलाई दुई केन्द्र प्रशासित क्षेत्र बनाउन भारतले गत साता जारी गरेको नयाँ नक्सामा कालापानी, लिपुलेकलाई पनि समेटिएको छ। भारतले नेपाली भूमि हडपेको भन्दै उक्त नक्साको नेपालमा जनस्तरमा चर्को विरोध भइरहेको छ।

सम्बन्धित समाचारहरु

ताजा समाचार