काठमाण्डौँमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाण्डौँमा ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्यु


काठमाण्डौको स्वयम्भू नयाँ पूलमा तेल बोक्ने ट्याङ्करको ठक्करबाट स्कुटर चालकको मृत्य भएको छ ।

शनिबारराति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजल बोक्ने ट्याङ्कर र बा ८१ प १७८६ नम्बरको स्कुटर एक आपसमा ठोकिदा स्कुटर चालक काठमाण्डौ महानगरपालिका–२४ बस्ने ५५ वर्षका नरेन्द्रमुनि बज्राचार्यको मृत्य भएको  महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा मृत्यु भएको हो । प्रहरीले घटनाकारे थप अनुसन्धान गरिरहेको छ । 

Logo