#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व33094181999202764767924447300
नेपाल718214671834153013

सुन र चाँदीको भाउमा भारी गिरावट

file photo

आज शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

शुक्रवार छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । बिहीवारको तुलनामा शुक्रवार छापावाल सुनमा  प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको हो । गत आइतवारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बिहीवार भने बढ्न पुगेको थियो । शुक्रवार तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार