बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओली आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन् । 

भेटमा दुई नेताबीच रवि लामिछाने पदमुक्त भएसँगै रिक्त गृह मन्त्रालय र नयाँ मन्त्रीको खोजी, राष्ट्रपति-उपराष्ट्रपति चुनावलगायत समसामयिक राजनीतिक विषयमा छलफल केन्द्रित भएको बताइएको छ ।

अमेरिकाको नागरिकता त्यागेपछि पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिइएको भन्दै गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशअनुसार लामिछानेको सांसदसहित उपप्रधान तथा गृहमन्त्रीको पदमा गुमेको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद पनि उनले गुमाएका थिए । तर, आइतबार नागरिकता पुनः प्राप्त गरेसँगै लामिछानेलाई रास्वपाले फेरि पार्टी सभापति पदमा चयन गरिसकेको छ । 

Logo