त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान ठोक्किए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वटा विमान एकापसमा ठोक्किएका छन् । विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ गर्ने बेलामा श्री एयरलायन्सको विमानले यति एयरलायन्सको विमानलाई पछाडिबाट ठक्कर दिएको बताइएको छ ।

विमानस्थालका प्रत्यक्षदर्शीका अनुसार श्री एयरलाइन्सको लापरर्वाहीका कारण यति एयरलाइन्सको विमानमा ठोक्किन पुगेको बताइएको छ । यस सम्बन्धी थप विवरण भने आउन बाँकी छ ।