#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1211462355047445604017003748
नेपाल164233586367752

भारतले भूमि मिच्दासमेत सरकार गम्भीर नभएको कांग्रेस नेताको आरोप

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

काँग्रेस नेता साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आक्रोश व्यक्त गरे । उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तिमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिएबाट सरकार दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न गम्भीर नभएको देखिएको तर्क गरे । शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टीले पहल गरिरहेको पनि बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धी सबै समस्या समाधानका लागि कुटिल कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । विगतका सरकारहरूले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उनले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्नुपर्ने आवश्यकता समेत औंल्याए ।

अध्यक्ष राणाले वर्षौंदेखि भारतसँग थाती रहेका नेपालको सीमा सम्बन्धी समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सम्बन्धित समाचारहरु

ताजा समाचार