नेपाली वेब सिरिज ‘जुनेली’को प्रिमियर शो काठमाडौंमा सम्पन्न, के भन्छन् कलाकारहरु ?

नेपाली वेब सिरिज ‘जुनेली’को प्रिमियर शो काठमाडौंमा सम्पन्न, के भन्छन् कलाकारहरु ?


नेपाली वेब सिरिज जुनेलीको प्रिमियर शो भएको छ । काठमाडौंमा एक कार्यक्रमबीच प्रिमियर शो भएको हो । 

प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कलाकार सुलेमान शंकर (इकु) ले सिरिज एकदमै राम्रो रहेको र चेतनामुलक रहेको बताए । उनले सिरिजमा छाउपडीको विषयलाई उठाइएको बताए । 

त्यस्तै अर्का कलाकार कैलाश कार्कीले सिरिज एकदमै राम्रो रहेको बताए । उनले आवाजमा केही समस्या रहेको तर आगामी दिनमा त्यसलाई समाधान गरेर अघि बढे सिरिज राम्रो रहेको बताए । त्यस्तै अर्का कलाकार सुन्दर खनालले सिरिजमा सामाजिक विषयवस्तुहरुलाई उठान गरिएकाले राम्रो रहेको बताए । 

कलाकार पवन भट्टराईले सिरिज एकदमै राम्रो रहेको र यो पहिलो एपिसोड भएकाले र्आ एपिसोडमा कमजोरी सुध्रिँदै जाने बताए । कलाकार रवि गिरीले सामाजिक विषयवस्तु उठाइएकाले सिरिजराम्रो रहेको बताए । उनले जुनेली कथाको शुरुवात भएको र वास्तविक कथा शुरु हुन थालेको बताए। 

त्यस्तै कलाकार पवित्रा साँकीले क्यामेरा अघि कुनै सिरिज वा अभिनय नगरेकाले केही गल्ती भएको हुनसक्ने बताइन् । उनले आफूले टिकटक र सिरिजको अभिनयमा धेरै फरक पाएको बताइन् । अत्ति भो र मेरी बास्सैबाट अभिनयको लागि अफर आएको र मेरी बास्सैको एपिसोडमा भने अभिनय गरेको उनले बताइन् ।  

चलचित्रको रुपमा प्रदर्शनमा आएको यो सिरिजको पहिलो भाग मात्रै हो । यो सिरिजपछि अन्य दोस्रो, तेस्रो भागहरु आउने निर्माण टिमले जनाएको छ । 

Skip This
Logo