लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुहरुको माग

लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुहरुको माग


बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन व्यवसायीहरुले माग गरेका छन् ।

सोमवार नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलन सञ्चारकर्मीसँग बोल्दै अधिकांश व्यवसायीहरुले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका छन् । उनीहरुले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरु सडकमा आउनपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एकल अंकमा ल्याउनुपर्ने बताए । 

उनीहरुले पछिल्लो समय साना मझौला उद्योगीहरुलाई मात्रै नभएर समग्र उद्योग क्षेत्रमा नै बैंकहरुले देखाएको आंतकले व्यवसायीहरु पीडित भएर आत्मदाह गर्न बाध्य बनाएको बताए । 

सडक आन्दोलनमा सहभागि हुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले अहिलेको असहज अवस्थालाई हेरेर व्यवसायीहरुलाई सहजता बनाउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको कर्जा तिर्दैनौँ नभनेको बताए । असहज अवस्था भएकाले व्यवसायीहरुले लिएको कर्जाको किस्ता तिर्न समय माग गरिएको बताए ।  

उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकका गभर्नरले कर्जा दिन्न भन्नु अराजकता भएको भन्ने टिप्पणी गलत भएको बताए । उनले बैंकबाट व्यवसायीहरुले आधार देखाएर नै कर्जा लिएको बताए । व्यवसायीहरुले बैंकबाट कर्जा व्यवसाय गर्न र तिर्नको लागि नै लिएको उनले दाबी गरे । 

उनले १८ लाख ऋणिले सबै कागज बुझाएर कर्जा लिएको उल्लेख गरे । उनले अहिलको असहज अवस्थामा बैंकहरु पनि जिम्मेवार हुनुपर्ने बताए । उनले बैंकहरुबाट ऋण लिने प्रत्येक व्यक्तिको व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुन नसक्ने बताए । उनले उद्योगी व्यवसायीहरुको लगानी सुरक्षित बन्ने कानून बन्न आवश्यक रहेको पनि बताए । उनले अहिलको अवस्था ऋणिहरुलाई सहज वातावरण बनाउनको लागि राष्ट्र बैंक वा सरकारले उद्योगी व्यवसायीहरुको घर जग्गा लिलाम नगर्न निर्देशन दिनुपर्ने माग गरे । 

त्यस्तै, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकहरुले उद्योगी व्यवसायीहरुबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको आरोप लगाए ।  उनले बैंकहरुले सबै क्षेत्रका व्यवसायीहरुको सम्पती लिलामिमा दैनिक जसो पत्रपत्रिकाहरुमा प्रकाशित हुन थालेको बताए । यातायात लगायत सबै क्षेत्रको एउटै समस्या भएकाले बैंकको चर्को ब्याजदर र आतंकको बिरुद्धमा आन्दोलनमा सहभागिता जनाएको उनले बताए ।  

उनले नेपालको यातायात क्षेत्रले मुलुकको अर्थतन्त्र चलायमान बनाउने मेरुदण्ड भएको बताए । उनले निजी क्षेत्र सरकारको एउटा साझेदार भएकाले साझेदारको व्यवहार गर्नुपर्ने बताए । व्यवसायीहरुलाई भएका नीति गत तथा बैंक समस्याको सहजिकरण सरकारले गर्नुपर्ने उनले बताए । 

सिटौलाले अहिले कुनै क्षेत्र नाफामा छ भने त्यो बैंकिङ क्षेत्र मात्रै भएको बताए । उनले अहिलको अवस्थामा बैंकहरुले पनि व्यवसायीहरुलाई सहजिकरण गरी ब्याजदर घटाएर गरिखाने वातावरण बनाउनु पर्ने बताए । अब मुलुकका सबै निजी क्षेत्र गठबन्धन गर्न आवश्यक रहेको उनले बताए ।  
 
उनले बैंकहरुले व्यवसायीहरुले लिएको कर्जाको ब्याज नतिरेको भन्दै लिलामी निकालि दिने धम्की दिने गरेको बताए । उनले सरकारलाई साना तथा मझौला उद्योगको ठूलो योगदान हुँदाहुँदै पनि सबैभन्दा पीडित साना तथा मझौला व्यवसायीहरु हुनुपरेको बताए । 

Logo