कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र रियल भिड्ने

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोना र रियल भिड्ने


स्पेनिस कोपा डेल रे २०२३ को सेमिफाइनलमा बार्सिलोना र रियल मड्रिड भिड्ने भएका छन् । 

आज सार्वजनिक भएको तालिका अनुसार दोस्रो सेमिफाइनलमा चिर-परिचित प्रतिद्धन्द्धी रियल र बार्सिलोनाबीच प्रतिस्पर्धा पक्का भएको हो । यस सिजन उत्कृष्ट लयमा रहेको बार्सिलोना ला लिगाको शीर्ष स्थानमा छ भने २०२३ को सुरुमै रियललाई हराएर स्पेनिस सुपर कपको उपाधि जितिसकेको छ ।

अब फेरि उपाधि होडकै लागि दुई क्लबबीच भेट पक्का भएको हो । 

त्यस्तै, प्रतियोगिताको पहिलो सेमिफाइनलमा भने ओसासुना र एथ्लेटिक क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । 

Logo