माइकल ज्याक्सनको बायोपिकमा जाफर माइकल बन्दै

माइकल ज्याक्सनको बायोपिकमा जाफर माइकल बन्दै


आफ्नो गीतले विश्वलाई नचाउने प्रख्यात पप गायक माइकल ज्याक्सनको बायोपिक बन्ने भएको छ ।

नृत्य र गायनमा अब्बल ‘किङ अफ पप’ ज्याक्सनको बायोपिक ‘माइकल’मा उनकै २६ वर्षे भतिजा जाफर ज्याक्सनले माइकलको भूमिका निर्वाह गर्नेछन् । एन्टोनी फुक्वाको निर्देशन रहने फिल्मका लागि लायन्स गेटले सोमबार कास्टिङ फाइनल गरेको छ ।

फिल्मको निर्माण ग्राहम किङले गर्नेछन् । ‘मैले दुई वर्षअघि जाफरलाई भेटेको थिएँ । उनले जसरी माइकलको व्यक्तित्वलाई व्यवस्थित रुपले बताए, त्यही समयदेखि म उनीबाट प्रभावित थिएँ । यो यति शक्तिशाली थियो कि विश्वभर खोजी गर्दा पनि यो प्रष्ट थियो कि यो भूमिका निभाउने व्यक्ति उनी एकमात्र हुनसक्छन्’, ग्राहमले भनेका छन् ।

इन्स्टाग्राममा कास्टको घोषणा गर्दै जाफरको एक श्यामश्वेत तस्बिर पनि साझा गरिएको छ, जसमा उनी आफ्नो भूमिकाका लागि पूर्ण रुपमा डुबेको देख्न सकिन्छ । जाफरले पनि आफ्नो ट्वीटर हेण्डलमा काकाको भूमिका निभाउने अवसर दिएकोमा आभार व्यक्त गरेका छन् । ‘म मेरो काका माइकलको जीवनको कथालाई पर्दामा ल्याउनका लागि विनम्र र सम्मानित महशुस गरिरहेको छु । म तपाईंहरुसँग चाँडै भेट्नेछु’, उनले ट्वीटेका छन् ।

Skip This
Logo