नेकपाभित्र देखिएको विवाद कुनै सैद्धान्तिक होइन, भागवण्डा मिलाउने खेल मात्र हो–मुख्यमन्त्री शेरधन राई (भिडियोसहित)

नेकपाभित्र देखिएको विवाद कुनै सैद्धान्तिक होइन, भागवण्डा मिलाउने खेल मात्र हो–मुख्यमन्त्री शेरधन राई (भिडियोसहित)


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेकपाभित्र देखिएको विवाद सैद्धान्तिक नभएर भागवण्डा मिलाउने खेल मात्र भएको बताएका छन् । सोमबार केन्द्रबिन्दु अनलाइनसँग विशेष अन्तवार्ता दिँदै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । पछिल्लो समय नेकपाभित्रको विवाद सतहमा आएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताहरु आ–आफ्नो स्वार्थमा तल्लीन हुँदा पार्टीको विवाद सतहमा आएको हो ।

प्रधानमन्त्री ओलीले प्रभावकारी रुपमा पार्टी र सत्ता सञ्चालन गर्न नसकेकाले राजीनामा दिनुपर्ने पक्षमा प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षका नेता तथा कार्यकर्ताहरु रहेका छन् । तर, प्रधानमन्त्री ओली दुवै पद नछाड्ने अडानमा रहेका छन् । पार्टीभित्र देखिएको पछिल्लो विवाद दाहाल–नेपाल पक्षका नेताहरु पार्टीलाई सैद्धान्तिक रुपमा अगाडि बढाउने कदमको रुपमा लिँदै आएका छन् भने ओली पक्षका नेताहरु भागवण्डा खोज्ने बलियो हतियार भएको दावी गर्छन् ।

दाहाल–नेपाल पक्षको माग कुनै सैद्धान्तिक नभइ भागवण्डा र व्यक्तिगत स्वार्थका लागि गरिएको लुछाचुडी भएको मुख्यमन्त्री राईकोे दावी छ । दाहाल–नेपाल पक्षले खडा गरेको विवाद कुनै सैद्धान्तिक नभइ भाग खोज्नु भएको उनको आरोप छ । आफ्ना स्वार्थलाई केन्द्रमा राखी पार्टीभित्रको विवादलाई थप लम्ब्याएर जनतामा निरासा छर्नुभन्दा बरु छिट्टै आफूलाई कुन–कुन पद चाहिएको हो स्पष्ट रुपमा भनेमा प्रधानमन्त्री ओलीले ती पद दिने उनको भनाइ छ ।

पछिल्लो समय देखिएको नेकपाको विवाद, सरकारको काम र प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा गरेको काम कारवाहीमा केन्द्रीत रहेर केन्द्रबिन्दुका सरोज बस्यालले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, मुख्यमन्त्री राईसँग गरिएको कुराकानीको पूरा अंशः

 

Logo