क्यानको बोर्ड बैठकमै अध्यक्ष चन्दको राजीनामा माग

क्यानको बोर्ड बैठकमै अध्यक्ष चन्दको राजीनामा माग


नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग भएको छ । 

पोखरामा जारी रहेको क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चन्दको राजीनामा मागेका हुन् । केन्द्रीय सदस्य ऋषिराम गौतमले बैठकको सुरुमै अध्यक्ष चन्दलाई राजीनामा पत्र बुझाएका हुन् । 

नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै चन्दको राजीनामा माग्नेहरूमा गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी रहेका छन् ।

Logo