सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन


नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दायर भएको छ ।

उच्च अदालतको आदेशविरुद्ध मंगलबार नाबालिग बलात्कार आरोपी लामिछानेलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्ता कार्यालय सर्वोच्च गएको हो । निवेदनमा उच्च अदालतको आदेश बदर हुनुपर्ने र आरोपितलाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखिएको छ । 

गत कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतमा दुवै पक्षको बहसपछि लामिछानेलाई थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि परेको पुनरावेदनको मुद्दामा उच्च अदालत पाटनले दुई साता अघि विभिन्न शर्तसहित २० लाख रुपैयाँ धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । 

Logo