#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व556748534689028676182352977
नेपाल6824566112

आलमको पक्षमा बहस गर्ने वकिलहरु (भिडियो सहित)

काठमाडौं,

१२ बर्ष अघि भएको राजपुर बम काण्डको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद अफताब आलम यतिवेला अदालतमा बयानको क्रममा छन् । उनले उक्त बम काण्ड नभएको, आफूलाई थाहा नभएको आदि अर्थात ‘इन्कारी’ बयान दिईरहेका छन् । कार्तिक २० गते दोस्रो पटक पनि उनले इन्कारी वयान दिनु अघि नै घटनाका प्रत्यक्षदर्शी तथा सुरक्षासँग सम्बन्धीत तत्कालीन अधिकारीहरुले बम काण्ड पुष्टि गरिसकेका छन् । जिल्ला अदालत रौतहटको ४ नम्बर इजलाशमा बयान दिएका अफताब आलम जस्तै उनका वकीलहरु समेत सफेद झुटको साहारा लिएर बहस गरिरहेका छन् ।

अफताव आलम बम काण्ड नै नभएको कुरा दोहो¥याईरहेका छन्, पक्षधर वकिलहरु । तत्कालीन प्रहरी प्रशासन समेतको मिलेमतोमा घटनाका प्रमाणहरु नष्ट गर्ने कार्य उसै वेलादेखि हुँदै आएको छ । तर प्रत्यक्षदर्शीको कारुणिक कथाब्यथा मिडिया मार्फत संप्रेषण भइरहेको छ । दुई दर्जनजति मानिस बम काण्डमा परेको प्रत्यक्षदर्शीले बयान दिइसकेका छन् । त्यसमध्ये घाइते भएकाहरुलाई नजिकैको इटा भट्टामा हालेर जलाएको कथा संझेर जो कोहीको मन रसाउने गरेको छ । हेरौं यो भिडियोमा :

सम्बन्धित समाचारहरु

ताजा समाचार