#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व572802035366129131042461255
नेपाल8864699183

सचिवालयका कर्मचारीलाई राजीनामा दिन प्रधानमन्त्रीको निर्देशन

फाईल फोटो

सचिवालयको काम कारवाहीहरू पटक पटक आलोचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा कार्यरत कर्मचारीहरू  फेरबदलको तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले सचिवालयमा कार्यरत सल्लाहकारदेखि कार्यालय सहयोगी समेत परिवर्तन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीले एक महिनाभित्र सचिवालयका कर्मचारीहरु परिवर्तन गर्ने बुझिएको छ । प्रधानमन्त्री ओलीले सचिवालयमा कार्यरत दुई जना कर्मचारीबाहेक अन्य कर्मचारीलाई एक महिनाभित्र राजीनामा बुझाउन आग्रह गरिएको बताइएको छ । प्रधानमन्त्रीको निर्देशनपछि केही कर्मचारीले राजीनामा समेत बुझाइसकिएको उच्च स्रोतको दावी छ । केही दिनयता सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा निकटका पत्रकारहरूबीच प्रधानमन्त्रीको सचिवालयको विषयमा चर्चा चुलिएको छ । सत्तारुढ नेकपानिकटका केही सञ्चारमाध्यमहरूले समेत यो समाचार प्रकाशन गरेका छन् । प्रधानमन्त्रीको सचिवालय आवद्ध सल्लाहकार र कर्मचारीहरू फेरबदल हुनुलाई मन्त्रिपरिषद् हेरफेरको संकेतका रूपमा लिने गरिन्छ । यद्यपि प्रधानमन्त्रीको सचिवालयले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

सचिवालयमा कार्यरत केही कर्मचारीहरु पटक पटक विवादमा तानिँदै आएका छन् । प्रधानमन्त्री ओलीको हालै गरिएको मिर्गाैला डायलासिसका क्रममा प्रकाशित समाचारका विषयमा पनि सचिवालयका कर्मचारीहरू आलोचित बनेका थिए । प्रधानमन्त्रीका सल्लाहकार र सचिवालय सदस्यहरुमाथि आफ्नै पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकहरूलाई समेत भेट्न नदिएको आरोप लाग्दै आएको छ ।

प्रधानमन्त्री ओलीको सचिवालयमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहित जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र प्रेस सल्लाहकार कुन्दन अर्याल छन् । प्रधानमन्त्रीको मिडिया टिममा प्रेस संयोजक चेतन अधिकारी र प्रेस विज्ञ रामशण बजगाईं रहेका छन् । त्यस्तै प्रधानमन्त्री कार्यालयमा आइटी कन्सल्ट्यान्ट असगर अली रहेका छन् । प्रधानमन्त्रीको स्वकीय सचिव राजेश बज्राचार्य छन् । यसका साथै अन्य सहयोगी सदस्य र निजामती कर्मचारीहरू सचिवालयमा कार्यरत छन् । प्रधानमन्त्री ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सचिवालय चुस्त बनाएको भन्दै चर्चा भएको थियो ।

सम्बन्धित समाचारहरु

ताजा समाचार