संसदमा उठ्यो बाँदर आतंक नियन्त्रणको माग

संसदमा उठ्यो बाँदर आतंक नियन्त्रणको माग


प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले दोलखामा बढेको बाँदर आतंक नियन्त्रण गरेर खाद्य सुरक्षा गर्न माग गरेका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा रिजालले दोलखामा बाँदर आतंक बढ्दा बसाईंसराइको घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । बादर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागु गर्न सरकारसँग माग गरे । 

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् । 

Logo