भारतद्वारा नेपाललाई दिइने अनुदान सहायतामा कटौती

भारतद्वारा नेपाललाई दिइने अनुदान सहायतामा कटौती


भारत सरकारले नेपाललाई दिने अनुदान सहायतामा कटौती गरेको छ ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणद्वारा बुधबार प्रस्तुत सन् २०२३–२४ को युनियन बजेटमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता घटाइएको छ । जस अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु (आठ अर्ब ८० करोड नेपाली रुपैयाँ)  दिने भएको छ ।

यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो । गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन गरेको थियो । वित्त वर्ष २०२१–२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो ।

वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै सहयोग भुटानलाई गर्ने गरेको छ । यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ । अफगानिस्तानले २ अर्ब पाउने भएको छ । बंगलादेशले २ अर्ब। श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, म्यानमारलाई ४ अर्ब र मंगोलियालाई ७ करोड भारु सहायता दिने भएको छ । अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० अर्ब रुपैयाँ सहायता पाउने भएका छन् ।

Logo