बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग


नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् । 

बुधवार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै कको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका हुन् । उनले पछिल्लो समय सयौंको सख्यामा साना किसानहरु कृषि मन्त्रालयमा पुगेर रोइरहेको बताए । 

उनले बैंकहरुबाट ऋण लिएर कुखुरा फार्म चलाएका किसानको बर्डफ्लु न्युनिकरण गर्ने नाममा सरकारले किुखुरा फार्म नष्ट गरे बापत पाउने ५८ करोड क्षेतिपूर्ति तत्काल किसान दिन पनि माग गरे । उनले किसानहरुले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताए । 

Logo