संविधान विपरित फेरि टिप्पणी गरे स्विकार्य हुन्न -सांसद बस्नेत

संविधान विपरित फेरि टिप्पणी गरे स्विकार्य हुन्न -सांसद बस्नेत


सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद एवम् पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रीहरुले संविधानको मूल्य र मान्यता विपरित फेरी टिप्पणी गरे स्विकार्य नहुने चेतावनी दिएका छन् । 

सरकारका केही मन्त्रीहरुले संघीयताविरुद्ध अभिव्यक्ति दिईरहेका बेला पूर्वमन्त्री बस्नेतले यस्तो यस्तो धारणा राखेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मन्त्रीहरुलाई संविधानको मूल्यभन्दा बाहिर गएर अभिव्यक्ति दिने काम फेरी नगर्न सचेत गराए । 

उनले सरकार संविधान कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा रहेका मन्त्रीहरुले त्यस्ता खालका गल्ती गर्न नहुने स्पष्ट पारे । 

सांसद बस्नेतले राजनीतिक दलहरुलाई आ–आफ्नो दृष्टिकोण स्थापित गराउने छुट भएपनि सरकारमा रहेका मन्त्रीहरुलाई जथाभावी बोल्ने अनुमति संविधानले नदिएको पनि स्मरण गराए । उनले परिवर्तनकारी शक्तिहरुलाई स्विकार गर्ने आँट नभएकाले पनि मुलुकमा व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा भने परिवर्तन आउन नसकेको दावी समेत गरे । 

Logo