जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको विरोध प्रदर्शन

जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुको विरोध प्रदर्शन


नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनक शिक्षा सामग्री केन्द्र परिसरमा बिरोध प्रदर्शन गरेको छ । 

बुधवार जनक शिक्षा सामग्री केन्द्र परिसरमा अनेरास्ववियुका विद्यार्थी नेताहरु भेला भएर बिरोध जनाएका हुन् । उनीहरुले जनक शिक्षा सामग्री जनताको आशाको केन्द्र बन्नुपर्ने भएपनि त्यो हुन नसकेको बताए । उनीहरुले जनक शिक्षामा भएको बेथितिमा अनेरास्ववियु र विद्यार्थीहरु चुप लागेर बस्न नसक्ने बताए । 

कार्यक्रममा बोल्दै अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भ्रष्टाचारीलाई नेपाल सरकारले कारबाही नगरे घरको ढोका तोड्न पुग्ने चेतावनी दिए । उनले जनक शिक्षा सामग्रीका प्रवन्ध निर्देशक भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । गरिब जनताका छोराछोरीलाई पाठ्यपुस्तक नदिएर जनताका छोराछोरी मार्ने काम गरिएको बताए । 

उनले जनक शिक्षा सामग्री केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झालाई संरक्षण गर्नेहरुप्रति आन्दोलन केन्द्रित रहेको बताए । 
 
अध्यक्ष पराजुलीले विद्यार्थीको मौलिक अधिकारलाई  वञ्चित गर्ने काम गर्नेकुरा आफूहरुलाई अमान्य रहेको बताए । 

Logo