काठमाडौंमा चलचित्र ‘ह्यारी की’ प्यारीको प्रिमियर शोः के भन्छन् कलाकारहरु ?

काठमाडौंमा चलचित्र ‘ह्यारी की’ प्यारीको प्रिमियर शोः के भन्छन् कलाकारहरु ?


नेपाली चलचित्र 'ह्यारी की प्यारी'को प्रिमियर शो भएको छ । काठमाडौंको एक हलमा फिल्मको प्रिमियर शो भएको हो ।

प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै फिल्म निर्देशक डा.कपिल रिजालले आगामी दिनमा चलचित्र क्षेत्रलाई झनै राम्रो दिने र आफ्नो ब्यानरबाट फिल्म बनाउने कुरामा निरन्तरता दिइरहने बताए । उनले फिल्म आफूले सानो कोशिस गरेको र सबैले साथ दिनेमा विश्वस्त रहेको बताए । 

सञ्चारकर्मी टिकाराम यात्रीले चलचित्रले समग्रमा समयले, समाज, संगत र पर्यावरणले गराएको रुपान्तरणलाई देखाइएको बताए । उनले चलचित्र नविनतम कथावस्तुमा बनेको बताए । 

त्यस्तै कलाकार केदार घिमिरेले चलचित्र एकदमै उत्कृष्ट बनेको बताए । उनले चलचित्र अभिनय र कथावस्तुका हिसावले राम्रो भएको बताए । 

वरिष्ठ कलाकार सन्तोष पन्तले चलचित्रमा बनाइएको हिरो मनको हिरो रहेको बताए । उनले चलचित्रमा कलाकारको अभिनय पनि उत्कृष्ट रहेको बताए । कलाकार दीपाश्री निरौलाले नेपाली चलचित्रमा यस्ता राम्रा चलचित्र बने नेपाली चलचित्रले नै जरो गाड्ने बताइन् । उनले चलचित्रले आफूलाई रुहाएको बताइन् । कथाले सबैको मन जित्ने उनले बताइन् । 

त्यस्तै, कलाकार दीपकराज गिरीले चलचित्रको विषयवस्तु र अभिनयले मन छोएको बताए । कलाकार हिमेश पन्तले चलचित्रमा सबै विषयवस्तुहरु समेटिएकाले उत्कृष्ट रहेको बताए । 

अभिनेत्री साम्रज्ञी राज्यलक्ष्मी शाहले चलचित्र हेर्दा आफू धेरै नै खुशी लागेको र चलचत्रि सबै दर्शकले मन पराउनेमा विश्वस्त रहेको बताइन् ।

त्यस्तै कलाकार जितु नेपालले आफूलाई चलचित्र हेरिसकेपछि आएको प्रतिक्रियाबाट धेरै नै खुशी लागेको बताए । कलाकार प्रकाश सुवेदीले चलचित्र हेर्न बसेपछि उठ्नै नसकेको बताए । उनले चलचित्रले दर्शकलाई बाँधेको बताउँदै दर्शकले धेरै नै राम्रोसँग मनोरञ्जन लिनसक्ने बताए । 

वरिष्ठ कलाकार किरण केसीले चलचित्र उत्कृष्ट रहेकाले दर्शकले अत्याधिक मन पराउनेमा विश्वस्त रहेको बताए । उनले निर्देशक रिजाल फिल्म क्षेत्रको लागि आवश्यक पात्र भएको बताए । 

त्यस्तै अग्रज कलाकार मदनकृष्ण श्रेष्ठले फिल्म नराम्रो भएपनि राम्रै भन्नुपर्ने होला भन्ने सोच बनाएर आएको भएपनि सोचेको भन्दा धेरै राम्रो रहेको बताए । 

वरिष्ठ कलाकार शिवहरि पौडेलले चलचित्र र चलचित्रमा कलाकारको अभिनय हेर्दा जितु र साम्राज्ञीको जोडी एकदमै उत्कृष्ट रहेको र पहिलो पटक राम्रो सिने जोडी फिल्म क्षेत्रले पाएको बताए । त्यस्तै अभिनेता रमेश उप्रेतीले फिल्म एकदमै उत्कृष्ट रहेको र सन्देशमुलक फिल्म रहेको बताए । उनले फिल्ममा समसामयिक विषयवस्तुलाई उठाइएको बताए । 

चलचित्र ह्यारी की प्यारी माघ २० गतेबाट देशभर प्रदर्शन हुँदैछ । चलचित्र ह्यारी की प्यारीमा अभिनेता जितु नेपाल, अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसहित सिनेमामा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको अभिनय रहेको छ । सिनेमामा अभिनेत्री रेखा थापाको विशेष भुमिका रहेको छ । 

डा. कपिल रिजालको प्रस्तुति रहेको सिनेमामा रिजाल स्वयंमको कथा तथा निर्देशन, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डाक्टर रिजाल, अभिमन्यु निरवीले लेखेका हुन् । दन्त चिकित्सक डा. कपिल रिजालले यही सिनेमाबाट निर्देशनमा डेब्यु गर्नुभएको हो । सिनेमामा डा. भोला रिजालको गीत र रचना, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी रहेको छ । सुदीप बरालको छायांकन गरेको सिनेमालाई अर्जुन जिसीले सम्पादन गरेका हुन् ।

Logo