न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खलामा भारतको ऐतिहासिक जित

न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खलामा भारतको ऐतिहासिक जित


भारतले न्युजिल्यान्डविरुद्धको टी–२० शृङ्खलामा ऐतिहासिक जित निकालेको छ ।

बुधबार राति भएको तेस्रो तथा अन्तिम टि–२० आई खेलमा न्युजिल्यान्डमाथि १ सय ६८ रनको जित हात पार्दै भारतले शृङ्खला २–१ ले जितेको हो।  जितको लागि २ सय ३५ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड १२.१ ओभरमा मात्रै ६६ रनमा अल आउट भयो । न्युजिल्यान्डका डर्याल मिचेलले २५ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ३५ रन बनाए ।

भारतका हार्दिक पान्ड्याले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । अर्शदीप सिंहले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । उमरान मलिकले २.१ ओभरमा ९ रन खर्चेर २ विकेट लिए । शिवम माभीले २ ओभरमा १२ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ३४ रन बनाएको थियो । भारतका लागि ओपनर शुभमन गिलले ६३ बलमा १२ चौका र ७ छक्कासहित सर्वाधिक १ सय २६ रनको अविजित शतकीय इनिङ खेले । योसँगै गिल भारतबाट एकै खेलमा टि–२० आईमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् ।

न्युजिल्यान्डका माइकल ब्रेसवेल, ब्लेयर टिकनर, ईश सोधी र डर्याल मिचेलले एक–एक विकेट लिए । पहिलो खेलमा न्युजिल्यान्ड २१ रनले विजयी हुँदा दोस्रो खेलमा ६ विकेटले पराजित भएको थियो । न्युजिल्यान्डले अव घरेलु मैदानमा इंग्ल्यान्डसँग दुई टेस्ट खेल खेल्नेछ । पहिलो टेस्ट १६ फेब्रुअरीदेखि सुरु हुनेछ । भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग चार टेस्ट खेलको सिरिज खेल्नेछ । पहिलो खेल ९ फेब्रुअरी देखि नागपुरमा सुरुहुनेछ ।

Logo