माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । बुधवार बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरे पछि बिहिबार पुनः बोलाईएको छ ।

स्थायी कमिटी सदस्य तथा पोलिटब्युरो सदस्यहरुलाई केन्द्रिय विभागमा जिम्मेवारी बाँडफाड गर्ने एजेन्डामा प्रवेश गरेका माओवादीले गृहकार्य नपुगेको भन्दै बुधवार बैठक स्थगित गरेको थियो । बैठकले, राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गरेर अघि बढ्नुपर्ने प्रस्ताव पारित गर्नुका साथै स्थायी कमिटीका सदस्यहरूको कार्यविभाजन गर्ने सचिव डिलाराम आचार्यले बताए। उनका अनुसार पूर्वसभामुख अग्नि सापकोटालाई पनि पार्टीमा भूमिका दिने विषयमा स्थायी कमिटीले निर्णय गर्नेछ। 

Logo