#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व71797633883533179150914
नेपाल5041

बलात्कारबाट गर्भवती भएकी बालिकाको उपचार खर्च सरकारले बेहोर्ने

बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले आइतबार थापाथलीस्थित प्रसुती गृहमा गई बालिकासँग भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि बालिकाको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने बताएकी हुन् ।

‘बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्छ र बलात्कारीको पहिचान गरी कडा भन्दा कडा कारवाही हुनेछ,’  मन्त्री थापाले भनिन् ।

बौद्धिक अपांगता भएकी अछाम रामारोशनकी ती बालिका घाँस दाउरा काट्न गएको बेला जबरजस्तीकरणीमा परी गर्भ रहन गएको आफन्तको भनाइ छ । कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा २ हप्ता अघिमात्र गर्भवती भएको थाहा भएपछि थापाथलीस्थित प्रसुती गृहमा बालिकाको ५ महिनाको गर्भपात गरिएको थियो ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनको गर्भपतन गरिएको हो । बालिकालाई केही समय आराम गर्नुपर्ने र मनोपरामर्शको पनि आवश्यकता पर्ने भएकाले केही समय काठमाडौंमै राखेर उपचार गरिने मन्त्री थापाले बताइन् ।

सम्बन्धित समाचारहरु

ताजा समाचार