‘ए’ डिभिजन लिगः ५० प्रतिशत तयारी पूरा, १४ क्लबलाई दिइयाे १५/१५ लाख

‘ए’ डिभिजन लिगः ५० प्रतिशत तयारी पूरा, १४ क्लबलाई दिइयाे १५/१५ लाख


आसन्न शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको ५० प्रतिशत तयारी पूरा भएको छ । 

शुक्रबार पत्रकार सम्मेलनमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव किरण राईले भने- ‘लिगको काउन्ट डाउन सुरु भएको छ । तयारी द्रुत गतिमा गईरहेको छ । ५० प्रतिशत तयारी सकिएको छ ।’ प्रमोसन र प्राविधिक काम भने बाँकी रहेको उनको भनाई थियो । 

एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराएका छन् । जसअनुसार लिगको तयारी खर्च स्वरुप हरेका क्लबहरुलाई प्रथम किस्ता स्वरुप जनही रु १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको बताइएको छ । एन्फाले लिगको तयारीका लागि प्रत्येक क्लबलाई ३२ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने छ । 

फागुन १९ गतेदेखि हुने लिगमा डबल राउन्ड रोबिनको आधारमा १८२ खेलहरु खेलाइनेछ । लिग दशरथ रंगशाला, एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछ । लिगमा प्रथम हुने टिमले नगद रु ७५ लाख, द्धितीय हुनेले रु ५० लाख र तृतीय हुनेले रु २५ लाख पुरस्कार स्वरुप पाउने छन् । साथै लिगमा एक क्लबले फेयर प्ले अर्वाड स्वरुप रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ भने प्रतियोगितको सवोत्कृट खेलाडीलाई रु तीन लाख पुरस्कार उपलब्ध गराइने छ ।

Logo