विज्ञहरू भन्छन्- सबै नागरिकले राम्रो स्वास्थ्योपचार पाउने ग्यारेन्टीसहितको नीति आवश्यक

विज्ञहरू भन्छन्- सबै नागरिकले राम्रो स्वास्थ्योपचार पाउने ग्यारेन्टीसहितको नीति आवश्यक


भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.विष्णुदत्त पौडेलले सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यक रहेको बताएका छन् । 

शुक्रवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रा.डा. पौडेलले यस्तो बताएका हुन् । उनले रोग लागेपछि जुनकुनै उपचार पनि पाउनसक्ने गरी कानून निर्माण गर्न आवश्यक भएको बताए । अस्पतालहरुमा प्रविधि र जनशक्तिको अभाव भएकाले उनले बताए ।

प्रा.डा. पौडेलले विदेशी देशहरुले सहयोग गरेका मेसिनहरु पनि अस्पतालमा सञ्चालन गर्नसक्ने सक्षम जनशक्तिको अभाव हुँदै थन्किएर बसेको बताए । उनले साना कुराहरुको अनुमति लिनलाई विभिन्न मन्त्रालयहरु चहानुपर्ने तर पनि समस्याको समाधान हुन नसकेको बताए । क्यान्सरबाट निको भएका बिरामीहरुलाई समाजले राम्रोसँग स्वीकार नगर्ने र जागिर खान पनि समस्या हुने गरेको गुनासोहरु बढेको उनले बताए । 

उनले सरकारले विपन्न नागरिकलाई औषधिबापत दिने खर्च बढाउँदै लैजानुपर्ने बताए । उनले क्यान्सर भएका बिरामीहरुलाई दिने कम प्रदेशपिच्छे फरक भएको र एउटै देशका नागरिकले एउटै रोगका लागि पाउनुपर्ने रकममा पनि विभेद भइरहेकाले सबैलाई एउटै रकम दिने व्यवस्था हुनुपर्ने बताए । चुरोट र बिँडीजस्ता क्यान्सर निम्तिनसक्ने चिजहरुबाट कर बढाइ त्यसले क्यान्सरका बिरामीहरुको उपचार गर्नुपर्ने उनले बताए । 

प्रा.डा. पौडेलले यस्ता क्षेत्रबाट उठाएको ट्याक्स खर्च नै हुन नसकेको बताउँदै राम्रोसँग यस्ता वस्तुमा ट्याक्स बढाएर सही सदुपयोग गर्ने हो भने क्यान्सरका बिरामीहरुको निःशुल्क उपचार गर्न सकिने बताए । उनले सरकारबाट कानून निर्माण भएपनि त्यसको कार्यान्वयन हुन समस्या भएको बताए । 

त्यस्तै, स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति, योजना र अनुुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले राजनीतिक दबाबका कारण दुर्गम क्षेत्रमा चिकित्सकहरु पठाउन कठिनाइ हुने गरेको बताए । उनले सबैखाले संरचना र प्रणालीमा सुधार गर्दै अघि बढ्नुपर्ने बेला भइसकेको बताए । चिकित्सकको पेशामा पनि रकम लेनदेन, अनावश्यक रिफर गराउने लगायतका विकृतिहरु रहेको उनले बताए । 

उनले कतिपय अस्पतालले रिफरका लागि मात्रै अवैध रुपमा अस्पतालका शाखाहरु बिस्तार गरिरहेको बताए । 

प्रमुख पौडेलले रिफरका लागि निर्माण गरिएका कतिपय अस्पतालका शाखाहरु आफू हेर्नुपर्ने ठाउँमा भएर पनि जानकारीमा नआएका रिफर सेन्टरहरु रहेको बताए । 

Logo