भाइरल ‘अघोरी बाबा’ श्रीमतीसहित पक्राउ

युट्यूब तथा सामाजिक सञ्जालमा भाइरल बनेका ‘अघोरी बाबा’ अर्थात विजय केसी श्रीमतीसहित पक्राउ परेका छन्।

उनीहरूलाई महानगरीय प्रहरी बृत्त बौद्धले नियन्त्रणमा लिएको हो । उनीहरूबिरुद्ध विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

केसीकी श्रीमतीले चितवनकी एक युवतीलाई अमेरिका पठाउने भन्दै आफ्ना पूर्वपतिसँग विवाह गराएकाे उजुरी परेको थियो । बौद्ध प्रहरीमा अहिले दुवै पक्षलाई राखेर छलफल भइरहेको छ ।

‘लाइफ ड्यामेज’ थेगोबाट चर्चामा आएका अघोरी बाबाले केही समयअघि मात्र बिबाह गरेका थिए।

भाइरल ‘अघोरी बाबा’ श्रीमतीसहित पक्राउ