यूएईको लक्की ड्रमा एक नेपालीले जिते ८२ करोड रूपैयाँ

यूएईको लक्की ड्रमा एक नेपालीले जिते ८२ करोड रूपैयाँ


कतारमा कार्यरत एक नेपाली युवाले २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्।

विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा लक्कीमार्फत उक्त रकम जितेको गल्फ न्यूजले जनाएको छ। उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए।

पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए। ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए। यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।

Logo