गृह मन्त्रालयबारे बोल्ने केही छैन, हेरेर बस्ने मात्रै हो -माधव नेपाल

गृह मन्त्रालयबारे बोल्ने केही छैन, हेरेर बस्ने मात्रै हो -माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गृह मन्त्रालयबारे आफ्नो पार्टीको कुनै धारणा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकबाट बाहिरिने क्रममा उनले गृह मन्त्रालयबारे बोल्ने केही नरहेको बताए । “गृह मन्त्रालयबारे अहिले हामीले बोल्ने केही छैन । अहिले हामी हेरेर बस्ने हो,” उनले भने, “यसमा हाम्रो टिप्पणी छैन । बोलेर के गर्ने हो र ? गर्नुपर्नेले के–के गर्छन् गर्छन् ।”

गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः आफूले पाउनु पर्ने दाबी गरिरहेको छ । एमालेले पनि रास्वपाको भागमा परेको गृह मन्त्रालय उसैलाई दिनुपर्ने अडान लिएको छ। यता, प्रधानमन्त्री प्रचण्ड भने गृह तत्काल रास्वपालाई नदिने अडान लिइरहेका छन्। रास्वपाले दिएको अल्टिमेटम आज सकिँदै छ ।
 

Logo