एकीकृत समाजवादीको नजरमा कुन पार्टी कस्तो ? [प्रतिवेदनसहित]

एकीकृत समाजवादीको नजरमा कुन पार्टी कस्तो ? [प्रतिवेदनसहित]


नेकपा (एकीकृत समाजवादी)ले विभिन्न दलप्रति टिप्पणी गरेको छ । 

ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट सुरु भएको पार्टी केन्द्रीय कमिटीको पाँचौं बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका हुन्  । प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् ।

नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको हितको प्रतिनिधित्व गर्ने पार्टी भनेका अध्यक्ष नेपालले एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भनेका छन् । साथै माओवादी केन्द्रलाई वर्ग अडान स्पष्ट नभएको पार्टी भन्ने टिप्पणी गरेका छन् भने उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुँजीपति वर्ग चरित्रको पार्टी भन्दै यसको दर्शन, सिद्धान्त, विचार र कार्यदिशा स्पष्ट नभएको बताएका छन् ।

Skip This
Logo