मधेस प्रदेशमा लागुऔषधका प्रयोगकर्ता र अपराधिक क्रियाकलाप बढ्दै

मधेस प्रदेशमा लागुऔषधका प्रयोगकर्ता र अपराधिक क्रियाकलाप बढ्दै


लागुऔषधको प्रयोगका कारण मधेस प्रदेशमा अपराधिक घटनाहरु बढ्दै गएको भन्दै नेपाल प्रहरीले थप शतर्कता अपनाउन आग्रह गरेको छ ।

मधेस प्रदेशका ८ वटै जिल्ला भारतसँग सीमा जोडिएका कारणले खुला सीमानाकाका कारण पनि लागुऔषधका कारण विभिन्न अपराधिक घनाहरु बढ्दै गएका हुन् । खुला सीमाका कारण भारतबाट लागुऔषध ओसारपसार गर्न सजिलाे हुने र त्यसले झनै विकृति र अपराधिक क्रियाकलापहरु बढ्नलाई मद्दत गरिरहेको छ । 

खुला सीमानाका कारण सुगम बनाउने भन्दा जटिलता झनै बढी देखिएको जिल्ला प्रहरी कार्यालय धुनषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । उनले खुला सीमाका कारण मधेसका जिल्लाहरुमा अपराध थपिँदै गएको र युवाहरु लागुऔषध लगायतको कुलतमा समेत फस्ने क्रम बढीरहेको बताए । 

मधेस प्रदेश लागुऔषध दुव्र्यसनी र लागुऔषध कारोबारीहरुका लागि हबका रुपमा परिणत भइरहेको प्रहरीको तथ्यांकले नै देखाउने गरेको छ । गत माघ १२ गते जनकपुरधामबाट प्रहरीले ठूलो परिणामसहित लागुऔषध नियन्त्रणमा लिएको थियो । जनकपुरधामबाट लागुऔषध सहित ४ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । यसअघि पुस २१ गते धनुषामा नगरपालिका वडा नम्बर ६ मा २ कठ्ठामा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो । 

प्रहरी नायव उपरीक्षक क्षेत्रीले समाजमा लागुऔषधमा फसेको छ भन्नलाई परिवारले नै हिच्किचाउने र समयमा नै आवश्यक उपचार नगर्दा किशोरकिशोरीहरु कुलतमा झनै फस्न थालेको बताए । 
 
प्रदेश प्रहरी कार्यालयको तथ्यांकका अनुसार चालु आर्थिक वर्षमा लागुऔषधका ७५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै लागुऔषध दुव्र्यसनमा संलग्न र लागुऔषध कारोबामा संलग्न १ सय ५ जनालाई नियन्त्रणमा समेत लिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा  लागुऔषध अन्तर्गत ७ सय १४ मुद्दा दर्ता भएका थिए भने ९ सय ९९ जनालाई प्रहरीले पक्राउ गरेको थियो । त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ९ सय २२ वटा मुद्दा दर्ता भएका थिए भने १ हजार २  सय ८५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

मधेस प्रदेशमा लागुऔषधको उपलब्ब्धता सहज रहेकाले नै लागुऔषध दुव्र्यसनीहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको लागुऔषध दुव्र्यसनी बिरुद्धको अभियानमा सहभागी हुँदै आएका स्पर्श नेपालका नविन मल्लिक बताउँछन् । उनले लाुगऔषधमा फसिसकेकालाई समयमै उपचार गर्ने हो भने ठिक हुने भएपनि लागुऔषधको सेवा गर्ने बित्तिकै समाजमा बिग्रियो भन्ने मानसिकता रहेको बताए । 
 
त्यस्तै मधेस प्रदेशमा सीमापारिबाट मधेसका शहरसम्म लागुऔषध ल्याउने र अर्को समूह त्यहाँबाट पहाडी जिल्लाका शहरसम्म पु-याउने र तेस्रो समूहले काठमाडौं लगायत ठूला शहरसम्म लागुऔषध पु-याइ बिक्री वितरण गर्ने गरेको पाएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण अभियन्ता मनोजकुमार कर्णका अनुसार लागुऔषध सेवनकर्ताहरु प्रायः एकान्त खोज्ने, लागुऔषध किन्नका लागि घरबाट पैसा चोर्ने लगायका गतिविधिहरु देखाउने गर्दछन् । 
 
उनले लागुऔषधको सेवन गर्नेहरुलाई समयमै उपचार गर्नसके समस्याबाट मुक्त हुने बताए । 

Skip This
Logo