रास्वपाको अल्टिमेटमबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया- छिट्टै समाधान हुन्छ

रास्वपाको अल्टिमेटमबारे प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया- छिट्टै समाधान हुन्छ


नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको विवादबारे समाधान हुने बताएका छन्। 

शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरुसँग प्रधानमन्त्री प्रचण्डले भने- ‘अहिले मेरो कुरा हुँदैछ। समस्याको समाधान हुन्छ।’ रास्वपाले दुई दिन दिएको अल्टिमेटम सकिनै लाग्दा प्रधानमन्त्रीकाे यस्ताे धारणा सार्वजनिक भएकाे हाे ।  

गत साता सर्वोच्च अदालतले सभापति रवि लामिछानेको नेपाली नागरिकताको प्रमाणपत्र अवैध ठहर गर्दै सांसद, उपप्रधान तथा गृहमन्त्रीसहित सबै जिम्मेवारीबाट पदमुक्त गरेको थियो । अमेरिकाको नागरिकता त्यागेको निस्सा पेस गरेर पुनः नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका उनले त्यसयता गृहमन्त्री पदका लागि गरेको लविङ गरिरहेका छन् । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेवास्ता गर्दै आएका छन् । त्यसपछि रास्वपाले सरकारबाट बाहिरिने अल्टिमेटम दिइसकेकाे ‍छ ।

Logo