‘ठकुरानीकै कारण संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित’

‘ठकुरानीकै कारण संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित’


नेपाली काँग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल संसदमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित भएको बताएका छन् । 

शनिबार काठमाडौंमा रतन भण्डारीद्वारा लिखित पुस्तक ‘नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानी’ विमोचन कार्यक्रममा बोल्दै  नेता लेखकले राजनीतिक रुपमा हिजो देखिएका समस्याहरुलाई हल गर्दै जानुपर्नेमा कुरामा आफ्नो पार्टी लागि परेको बताए । 

नेता लेखकले द्वारिकादेवी ठकुरानीलाई नेपालको पहिलो सफल महिला मन्त्रीको रुपमा चित्रण गरे । उनले आफ्नो पार्टीले द्वारिकादेवी ठकुरानीको पदचापलाई पछ्याउँदै अघि बढिरहेको दावी समेत गरे । 

Logo