फिल्म ‘नम्बरी सुन’को छायांकन सुरु, नम्रता र गौरवकाे नेपाली भेषभूषामा

फिल्म ‘नम्बरी सुन’को छायांकन सुरु, नम्रता र गौरवकाे नेपाली भेषभूषामा


राजु गिरीको निर्देशनमा फिल्म ‘नम्बरी सुन’को छायांकन सुरु भएको छ । अभिनेता गौरव पहारी, अभिनेत्री नम्रता सापकोटाको प्रमुख अभिनय रहने उक्त फिल्मको छायांकन ललितपुर भैंसेपाटीस्थित श्रीकालीचौरबाट पूजाआजासहित सुरु भएको हो । 

फिल्मले ७० वर्षअघिको नेपाली समाजको कथा चित्रण गर्ने जनाइएको छ । छायांकन सेटबाट सार्वजनिक भएको तस्वीरमा पनि गौरव र नम्रतालाई पूरानो नेपाली समाजको भेषभूषामा देख्न सकिन्छ । एक गीतबाट फिल्मको छायांकन सुरु भएको हो । फिल्मको छायांकन लमजुङको भुजुङ्ग गाउँ, मनाङ र काठमाडौंमा पनि गरिनेछ । 

फिल्ममा गौरव र नम्रताका अलावा सरोज खनाल, बुद्धि तामाङ, सविन बाँस्तोला, विनोद न्यौपाने, गीता अधिकारी, स्मृति ओली, अस्मिता बस्नेत, नारायण खाती, लक्ष्मणविक्रम बस्नेत, माया श्रेष्ठ, हीरादेवी श्रेष्ठ, रोजिना कार्की, संगीता शर्मा, आशा भारती र अनिता गिरीलगायत कलाकारको अभिनय छ ।

Logo