रास्वपाको बैठक निष्कर्षविहीन, आइतबार पुनः बस्ने

रास्वपाको बैठक निष्कर्षविहीन, आइतबार पुनः बस्ने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक निष्कर्षविहीन भएको छ । 

शनिबार राति पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक विनानिष्कर्ष सकिएको नेता सन्तोष परियारले जानकारी दिए । उनका अनुसार आइतबार बिहान साढे ११ बजे बैठक पुनः बस्नेछ । 

नेता परियारका अनुसार बैठकमा सभापति रवि लामिछानेले सत्ता गठबन्धनमा भएको छलफलबारे जानकारी गराएका थिए । साथै बैठकमा राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनका साथै समग्र नेपाली राजनीतिमा भैरहेको गतिविधिमा छलफल भएको छ । 

यसअघि रास्वपाले गृह मन्त्रालयमा आफ्नो दाबी पेश गर्दै सो माग पूरा नभए सरकारबाट बाहिरिने शनिबारसम्मको अल्टिमेटम दिएको थियो । त्यसबीचमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पूर्वाधार मन्त्रालय लिन प्रस्ताव गरेकाे विषय बाहिरिएकाे थियाे तर, उक्त्त प्रस्तावमा रास्वपाले केही निर्णय लिएकाे छैन । 

Logo