सुनको मूल्य २ हजार रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

सुनको मूल्य २ हजार रुपैयाँले घट्यो, आज कतिमा हुँदैछ किनबेच ?


साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य प्रतितोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला  १ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको थियो । तेजावी सुनको मूल्य आइतबार तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको छ । शुक्रबार तेजावी सुनको मूल्य  तोलाको १ लाख ५ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

यसैगरी, आइतबार चाँदीको मूल्य पनि ष्प्रतितोला ४५ रुपैयाँले घटेको छ । आइतबार चाँदीको मुल्य तोलाको १ हजार ३ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ रहेको थियो ।

 

Logo