सरकारबारे निर्णय लिन रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरू

सरकारबारे निर्णय लिन रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक सुरू


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बसुन्धरामा केही समय अगाडि सुरू भएको बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्ने ठोस निर्णय लिने बताइएको छ। चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् । पुनः नागरिकता लिएपछि उनले  गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका छन् ।

लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक भएका छैनन् । गृहमन्त्री नपाउँदाको अवस्थामा सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी रास्वपाले दिएको छ । सोही विषयको टुंगो आजको बैठकले लगाउनेछ ।

यसैबिच, बैठकको निर्णयबाहेक सभापति लामिछानेले सरकारबारे संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलगत्तै पार्टी कार्यालयबाटै विशेष पत्रकार सम्मेलन गर्ने जानकारी दिएका छन्।

Logo