राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो एकीकृत समाजवादी

राष्ट्रिय महाधिवेशनको तयारीमा जुट्यो एकीकृत समाजवादी


माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ । 

सो पार्टीको आईतवार सम्पन्न केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकले आगामी २०८० साल फागुन महिना भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने गरी आवश्यक तयारीको कामलाई अघि बढाउने निर्णय गरेको हो । त्यसका लागि आगामी जेठ महिना पार्टीको स्थानिय कमिटीदेखि प्रदेश कमिटीसम्मको गठन, पुनर्गठनलगायतका सम्पूर्ण कामहरु सम्पन्न गर्ने निर्णय पनि गरिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । 

उनले अब पार्टीको ध्यान सम्पूर्ण रुपमा महाधिवेशनमा केन्द्रीत हुने बताए ।  

त्यसैगरी बैठकले संविधान र मुलुकको राष्ट्रियतालाई जोगाउनका लागि दृढतापूर्वक उभिने निर्णय पनि गरेको छ । कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध बनाउने दिशामा पनि नेतृत्वदायी भुमिका निर्वाह गर्न पहल गर्ने निर्णय पनि गरिएको प्रवक्ता खतिवडाले बताए । बैठकमा नेताहरुले आगामी ४ वर्षपछि हुने स्थानीय तह निर्वाचनमा पार्टीको बलियो उपस्थिति हुने गरी अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

Logo