रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्चकाे आदेश

रेशम चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउन सर्वोच्चकाे आदेश


सर्वोच्च अदालतले टीकापुर घटनाका आरोपी रेशमलाल चौधरीको मुद्दामा प्रत्यर्थी झिकाउने आदेश दिएको छ।

आइतबार न्यायाधीश टंक मोक्तान र मनोज शर्माको इजलासले चौधरीको पुनरावेदन मुद्दामा सुनुवाइ गर्दै प्रत्यर्थी झिकाउने आदेश दिएको हो । यो आदेशसँगै अब चौधरीलगायतले विपक्षी बनाएकाहरु अदालत आउनुपर्ने भएको छ।

२०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएपछि पक्राउ परेका चौधरीलाई जिल्ला अदालत कैलालीले घटनाका मुख्य योजनाकार रहेको ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । उक्त फैसलालाई उच्च अदालत दीपायलले पनि सदर गरेपछि चौधरीले त्यसविरूद्ध सर्वोच्चमा पुनरावेदन दिएका थिए ।  

Logo