एकीकृत समाजवादीभित्र कुनै मतभेद छैन -माधव नेपाल

एकीकृत समाजवादीभित्र कुनै मतभेद छैन -माधव नेपाल


नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टी भित्र कुनै मतभेद नरहेको दाबी गरेका छन् । 

आईतवार ललितपुरको बालकुमारीमा आयोजित पार्टी केन्द्रिय कमिटीको पाँचौं पूर्ण बैठकको समापन गर्दै अध्यक्ष नेपालले यस्तो जिकिर गरेका हुन् । उनले पार्टीका नेता मुकुन्द न्यौपानेले पनि पार्टीलाई एकतावद्ध बनाउनका लागि र सुदृढ बनाएर लैजानका लागि सुझाव दिइएको विषयलाई फरक मत भनेर सञ्चार माध्याममा आएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । 

‘बाहिर पत्रिकामा मुकुन्द न्यौपानेको फरक मत भनेर आएको छ । उहाँको सुझाव हो त्यो । पार्टीलाई कसरी सशक्त बनाउन सकिन्छ ? कम्युनिष्ट आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ ? नेपालको राजनीतिक कम्युनिष्ट आन्दोलनको हैसियतलाई कसरी अगाडि बढाएर लैजान सकिन्छ ? भन्नेमा उहाँलाई लागेका विचारहरु हुन् ।’ उनले भने, ‘यसर्थमा त्यसलाई अन्य अर्थमा लिनुपर्ने कुनै आवश्यक्ता छैन । हाम्रो पार्टीभित्र यो पार्टीलाई एकतावद्ध बनाएर लैजाने बारेमा पार्टीलाई सुदृढ बनाउने बारेमा कुनै मतभेदहरु छैनन् ।’ 

अध्यक्ष नेपालले पार्टीलाई एकतावद्ध बनाएर लैजाने कुरामा ढुक्क हुन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । 

Logo