टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो [तस्विरमा हेर्नुहोस्]

टर्की भूकम्पमा ज्यान गुमाउनेको संख्या ५ सय नाघ्यो [तस्विरमा हेर्नुहोस्]


टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म ५ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्षति पुर्‍याएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ। सयौं मानिसहरू घाइते भएका छन्।

सबैभन्दा धेरै क्षति टर्की र सिरियामा भएको छ। त्यहाँ सयौं घरहरू भत्किएका छन्। टर्कीको आन्तरिक मामिला मन्त्रालयका अनुसार १० वटा सहरमा भूकम्पले क्षति पुर्‍याएको छ। स्थानीय समयअनुसार आज बिहान ४ बजेर १७ मिनेटमा सिरियाको सीमा नजिकै दक्षिणी टर्कीमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। लगातार आइरहेका परकम्पले घरभित्र पुरिएका मानिसहरूको खोजीकार्यमा कठिनाइ भएको छ।

 

 

Logo