एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमाले केन्द्रीय कमिटी बैठक स्थगित


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएकाे छ ।  

एमालेको यही माघ २९ र फागुन १ गते हुने भनिएकाे केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । तयारी नपुगेकाले बैठक स्थगित गरिएको उनको भनाइ छ ।

बैठकमा निर्वाचन समीक्षा, समसामयिक राजनीतिक स्थिति र सांगठनीक सुदृढीकरणबारे  छलफल हुने तय भएकाे थियाे ।

Logo