जुम्लामा आगलागीमा परी १३ वर्षिया बालिकाको मृत्यु, एक घाइते

जुम्लामा आगलागीमा परी १३ वर्षिया बालिकाको मृत्यु, एक घाइते


जुम्लाको चन्दननाथ नगरपालिकाको एक घरमा आगलागी हुदा १३ वर्षिया बालिकाको मृत्यु भएको छ ।

लोक बहादुर भण्डारीको घरमा सोमबार राती साढे १० बजे आगलागी हुदाँ उनकी छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागी परी घरमुली लोकबहादुर घाइते भएका छन् । आगलागी भएको घरमा भण्डारीका सासु, श्रीमती, छोरी लगायत सात जनाको परिवार बस्दै आएको प्रहरी निरीक्षक धर्मराज जोसीले जानकारी दिए । उनका अनुसार लोकबहादुर खुट्टा पोलेको छ भने अन्य परिवार सहकुशल रहेका छन् ।

ढुङगा र काठले बनेको तिन तलाको घर टिनको छानोले छाइएको थियो । प्रहरीका अनुसार आगो दोस्रो तलाबाट लागेको अनुमान गरीएको छ । मृतक बालिका तेस्रो तलामा सुतेका कारण उनलाई बाहिर निकाल्न नसिकएको हो । प्रहरीले आगलगीको कारणको बारेमा अनुसन्धान गरिरहेको छ भने पुरै घर जलेर नष्ट भएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।  

 

Skip This
Logo