राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ


राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । 

शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासमक्ष उनले शपथ लिएकी हुन् । सो समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री प्रचण्डलगायतका उच्च पदस्थहरुको उपस्थिति रहेको थियो । 

अर्याल साेमबारकाे राष्ट्रिय सभाबाट निर्विरोध निर्वाचित भएकी थिइन् । 

माओवादी केन्द्रका स्थायी समिति सदस्य रहेकी अर्याल पूर्वस्थानीय विकास मन्त्रीको जिम्मेवारी सम्हाली सकेकी छन् । विसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मिएकी अर्याल हालको ठेगाना वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक वीरगञ्ज हो । 

Logo