डिर्भोसको तयारीमा राखी सावन्त

डिर्भोसको तयारीमा राखी सावन्त


राखी सावन्तका पति आदिल दुर्रानीलाई प्रहरीले पक्राउ गरेको छ। दुर्रानीलाई धारा ५०४, ५०६, ३३२ र ४०६ को उलङ्घन गरेको आरोपमा पक्राउ गरिएको हो । 

प्रहरीले संयमित हुन आग्रह गरे पनि उनी संयमित हुन सकेनन् । अन्तत: उनलाई प्रहरीले पक्राउ गरी पुलिस स्टेशन लगेको हो । पक्राउ गरिएका सावन्तका पतिलाई मुम्बईको ओसिवारा पुलिस स्टेशनमा राखिएको छ । उनीसँग सोधखोज जारी छ ।  

त्यसपछि राखी सावन्तले भनेकी छिन- ‘मंगलवार बिहान उनी मेरो घरमा आए, मलाई कुटपिट गरे अनि मैले सहन नसकेर पुलिसलाई खबर गरे ।’ उनले आफूमाथी निरन्तर घरेलु हिंसा भएको भन्दै राखीले यसअघि दुईवटा एफआईआर पनि दर्ता गराएकी थिइन् ।

पति पक्राउ परे पछि सञ्चारकर्मीसँग राखीले भनेकी छिन्, ‘यो मान्छेसँग म बस्न सक्दिँन, उनी धेरै केटीसँग अहिले पनि सुत्छन्, मैले अन्तिममा पनि तनुलाई छाडेर आईज भनेको थिएँ तर उसले मानेन, अब म डिर्भोस गर्छु ।’ 

उनीहरुबीच केही साता अघि मात्रै विवाह भएको थियो । 

Skip This
Logo