‘स्पेल बी’काे अडिशन बुधवारबाट, २८ सय कलेजका विद्यार्थी सहभागी हुँदै !

‘स्पेल बी’काे अडिशन बुधवारबाट, २८ सय कलेजका विद्यार्थी सहभागी हुँदै !


भूषण दाहालले चलाउने कार्यक्रम ‘स्पेल बी’ यस वर्ष पनि आउने भएकाे छ। 

देशका विभिन्न शहरमा रहेका विद्यालयमा पुगेर त्यहाँका विद्यार्थीहरूबीच प्रतिष्पर्धा गराउने यस कार्यक्रमकाे पाँचाैँ सिजनकाे पहिलाे चरणकाे अडिशन बुधबारबाट सुरु हुने आयाेजकले जनाएकाे छ। प्लस टु लेभलका विद्यार्थीहरू सहभागी हुने यस कार्यक्रममा देशभरका गरी २८ सयभन्दा बढी कलेजका विद्यार्थीहरू सहभागी हुँदैछन्। याे कार्यक्रमकाे सुरुवात सन् २०१७ बाट भएकाे हाे।

यस कार्यक्रमकाे आयाेजक संस्था मालिन मिडिया एण्ड इभेन्ट्सका प्रबन्ध निर्देशक महेश पोखरेलका अनुसार यस कार्यक्रमका प्रमुख उद्देश्य भनेकाे देशका विभिन्न सहरमा रहेका कलेजका विद्यार्थीहरूका अंग्रेजी भाषाकाे बाेलाइ तथा सिकाइमा विकास गर्नु हाे।

उनका अनुसार अबको पुस्तालाई अंग्रेजी भाषा अत्यावश्यक भइसकेकाले यस कार्यक्रमले अंग्रेजी शब्द, वाक्य र भाषामा निखारता ल्याउने र शब्द भण्डार बढाउन याे कार्यक्रम ल्याइएकाे हाे।

यस कार्यक्रममा सहभागी भइ प्रथमदेखि आठाैँ स्थानसम्म हासिल गरेका विद्यार्थीले स्नातक तहमा अध्ययनका लागि उनीहरूले राेजेकाे विषयमा छात्रवृति पाउँछन्। यसका साथै प्रथम, द्वितीय र तृतीय हुने तीन जना प्रतिष्पर्धीले क्रमश: तीन लाख, दुई लाख र एक लाख रुपाैयाँ नगद रकम र गिफ्टकाे व्यवस्था छ।

काेलगेटकाे मुख्य प्रायाेजन रहेकाे यस कार्यक्रममा जाेइ पपैया सन, हिराे माेटरसाइकल, हिमालयन स्टिल अन्य प्रायाेजक रहेका छन् । चारवटा एपिसाेड कान्तिपुर टेलिभिजनबाट प्रसारण गरेकाे यस कार्यक्रम यसवर्ष कुनबाट गर्ने भन्ने अझै टुङ्गाे नलागेकाे आयाेजक बताउँछ । यद्यपि, कार्यक्रम प्रसारण आगामी वैशाखबाट गर्ने आयाेजककाे तयारी रहेकाे छ।

कहाँ-कहाँ हुन्छ अडिशन ?

यस कार्यक्रममा राजधानी (काठमाडौँ, भक्तपुर र ललितपुर) सहित देशका अन्य सहरमा अडिशनकाे तयारी छ। पूर्वको इलाम, बिर्तामोड, विराटनगर, धरान, जनकपुर, लहान हुँदै वीरगञ्ज, हेटौँडा, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर र सुर्खेतसम्म अडिशनकाे तयारी छ।

कस्ताे छ कार्यक्रमकाे ढाँचा ?

सुरुमा सात सय वटा कलेजका विद्यार्थीबाट थालिएकाे यस कार्यक्रममा अहिले पाँचै एपिसाेडसम्म आइपुग्दा २८ सय कलेजका विद्यार्थीहरू सहभागी गराइँदै छ।

यस कार्यक्रममा सुरुमा हरेक कलेजमा गएर त्यहाँका इच्छुक विद्यार्थीबीच अडिशन गराइन्छ। जसबाट ९३ जना विद्यार्थी छनाेट गरिन्छ। यी छनाेट गरिएका ९३ जनालाई स्टुडियाे राउन्डमा ल्याइन्छ। स्टुडियाे राउन्डमा भएकाे प्रतिष्पर्धाबाट छनाेट भएकामध्ये उत्कृष्ठ ८ जना छानिन्छ। जसबाट पनि तीन जना प्रथम, द्वितीय र तृतीय हुन्छन्।

कार्यक्रममा प्रतिष्पर्धिहरूलाई निर्णायक टिमले केही प्रश्न दिन्छ, जसकाे उत्तर दिएपछि त्यसकाे लेखन, वाक्य र भाषा शैलीकाे आधारमा नम्बर पाउने हाे।

Logo