सालेर्निटानामाथि युभेन्ट्सको सहज जित

सालेर्निटानामाथि युभेन्ट्सको सहज जित


इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा युभेन्ट्सले घरेलु टोली सालेर्निटानालाई ३–० गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा डुसान भाल्होभिचले दुई तथा फिलिप कोस्टिकले एक गोल गरे । खेलको २६औं मिनेटमा डुसान भ्लाहोभिचले पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई १–० को अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा २–० को अग्रता दिलाए ।

दोस्रो हाफको शुरुमै डुसानले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्ट्स विजयी हुन सफल भयो । यस जितसँगै युभेन्ट्स २१ खेलबाट २६ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ । पराजित सालेरनिटाना २१ खेलबाट २१ अंक जोडेर १६औं स्थानमा छ ।

Logo