फास्ट इन्टरनेटको लागि अब ‘भिलो वाइफाइ मेनेजमेन्ट सिस्टम’

फास्ट इन्टरनेटको लागि अब ‘भिलो वाइफाइ मेनेजमेन्ट सिस्टम’


क्यान इन्फोटेक मेला २०२३ भृकुटी मण्डपमा सञ्चालन भइरहेको छ ।

इन्फोटेकमा विभिन्न कम्पनीका ब्राण्डहरु रहेका छन् । तिनै ब्राण्डहरु मध्येको एक हो ‘स्काई ब्रोड ब्याण्ड’ । नवीनतम तथा उच्च स्तरीय प्राविधिका उपकरणहरु तथा प्रविधि उपलब्ध गराउने उदेश्यका साथ संचालन गरिएको आई.ओ.टी नेपाल प्रा.लि.ले हालै क्यान इन्फोटेकको अवसरमा भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टम तथा स्याङ्फर ब्राण्डको इन्टरनेट एक्सेस गेटवेको बिक्री नेपाली बजारमा सुरुवात गरेको हो । यस पटकको क्यान इन्फोटेकमा उक्त कम्पनीले नयाँ सेवा ल्याएर आएको छ ।

स्काई ब्रोड ब्याण्डका प्रबन्धक सुमनलाल प्रधानका अनुसार कम्पनीले यसपटक अमेरिकी भिलो वाइफाई मेनेजमेन्ट सिस्टम ल्याएको छ । उनी भन्छन्, ‘पछिल्लो समय चुनौती परिवर्तन हुँदै आइरहेको छ । सेवा प्रदायकको हिसाबले हामीले बुझेका छौं कि इन्टरनेटको चुनौती ग्राहकको घरमा गएर ठोक्किएको छ । यसर्थ, हामीलाई पहिले ग्राहकको घरमा कसरी इन्टरनेट पुर्याउने भन्ने समस्या हुन्थ्यो । अहिले त्यो समस्या समाधान त भयो तर, ग्राहकको घरमा पुगिसकेपछि समस्या आउन थाल्यो । त्यही समस्या समाधान गर्न हामीले नयाँ सेवा लिएर आएका छौं । यी सबै समस्या समाधान गर्न हामीले भिलो वाइफाइ मेनेजमेन्ट सिस्टम ल्याएका छौं ।’

यसका साथै, घरमा जडान गरेका नेटवर्क धेरैमा सेयर गर्ने गरिन्छ । यसले इन्टरनेटको क्वालिटी घटाइदिने र इन्टरनेटको क्षमता जति छ त्यति नै डिभाइस जडान गर्नुपर्ने उनको भनाइ छ । उनी भन्छन्, ‘भिलो वाइफाइ मेनेजमेन्ट सिस्टमले घरमा कति वटा वाइफाइ छन्, कति डिभाइसहरु खुला छन् हामी सबै हेरिदिन्छौं । यसका साथै, हामीले मात्र नभई ग्राहक जो कोहीले पनि घरैबाट आफै हेर्न सक्ने अवस्था हुन्छ । त्यसैले यो सिस्टम एकदमै उपयोगी रहेको छ ।’ भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टम नेपालमा संचालित आइएसपीलाई लक्षित गरी ल्याइएको हो । इन्टरनेटमा ग्राहकका गुनासाहरु इन्टरनेट स्लो हुने सम्बन्धी नै बढी हुने गरेकाले उक्त समस्यालाई मध्यनजर गरी यो प्रविधि ल्याइएको कम्पनीका प्रबन्धक सुमनलाल प्रधानको भनाइ छ ।

उनी भन्छन्, ‘राम्रो स्पिडको व्यवस्था गरिएपनि ग्राहकका अफिसका सबै कुनामा इन्टरनेट राम्रोसँग नटिप्ने, धेरै डिभाइसहरु जोडिने, अनावश्यक डिभाइसहरु पनि रहने तरंगहरु एक आपसमा खप्टिने आदिका कारण आईएसपीहरुले ग्राहकहरुको गुनासा व्यहोर्नु परेको हुन्छ । भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टमको व्यवस्थाले यी सबै समस्याको समाधान सजिलै गर्न सकिन्छ । साथै ग्राहकले पनि मोबाइलको एप मार्फत सजिलै आफ्नो घर तथा अफिसको डिभाइसहरु निगरानी तथा नियन्त्रण गर्न सकिन्छ । भिलो ब्राण्डको वाइफाई मेनेजमेन्ट सिस्टमको प्रयोगले आफ्ना ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्न सक्नेछ ।’

स्काइ ब्रोडब्याड नेपालको एक प्रतिष्ठित आईएसपी र आइ.ओ.टी नेपालबीच दुबै उपकरण तथा सेवाहरूको बिक्री वितरणका लागि एक सम्झौतामा हस्ताक्षर भएको छ । जारी क्यान इन्फोटेकमा पनि उक्त ब्राण्डमा उत्पादनहरु अवलोकन तथा सेवा बुक गर्न सकिने छ ।। 
 

Logo