लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन जारी

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन जारी


लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनको मतदान सुरु भएको छ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान भैरहेको हो । 

सत्तारूढ दल नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट गरी तीन जना उम्मेदवारहरु चुनावी प्रतिष्पर्धामा छन् । जसअनुसार सत्तारूढ एमालेकातर्फवाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय तथा प्रमुख प्रतिपक्षी कांग्रेसका माधवप्रसाद आचार्यको उम्मेदवारी छ ।

तत्कालिन एमाले सांसद खिमलाल भट्टराईले राजिनामा दिए पछि उक्त प्रदेशवाट प्रतिनिधित्व गर्ने राष्ट्रियसभा सदस्य पद रिक्त हुन पुगेको थियो । 

अपराह्न ३ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । 

Logo