विन्ध्यवासिनी अवार्ड घोषणाः को-को हुँदैछन् सम्मानित ?

विन्ध्यवासिनी अवार्ड घोषणाः को-को हुँदैछन् सम्मानित ?


बिन्ध्यवासिनी म्युजिक अवार्ड यस वर्षका लागि पनि घोषणा भएको छ।  राजधानीकाे नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित नवौं वार्षिक भेलाका बीच बिन्ध्यवासिनी फाउण्डेसनले उक्त अवार्डअन्तर्गत विभिन्न सम्मानको घोषणा गरेको हो । 

सो क्रममा फाउन्डेसनका सल्लाहकार तथा नेपाली संगीत क्षेत्रका शिखर पुरुष स्व. प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नामको प्रेमध्वज संगीत रत्न सम्मान यो वर्ष नगद २५ हजार रुपियाँ सहित गायक भवीन ढुंगानालाई प्रदान गरिने निर्णय भएको छ ।

त्यसैगरी, नगद ५० हजार रुपियाँसहित विन्ध्यवासिनी संगीत साधना सम्मान लोकप्रिय गायिका सुक्मित गुरुङलाई प्रदान गरिने भएको छ । विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड २०७९ भने नगद एक लाख रुपियाँसहित ख्यातिप्राप्त संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिने भएको छ ।

साथै विन्ध्यावसिनी कला पत्रकारिता सम्मानको छनोट समितिका संयोजक पत्रकार विदुर गिरीले यस वर्षको यो सम्मान नगद २५ हजार रुपियाँसहित सञ्चारकर्मी नरेश भट्टराईलाई प्रदान गर्ने घोषणा गरेका छन् । 

मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा हुने रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड समारोह आगामी चैतमा राजधानीमा हुने बताइएको छ ।  

Logo